अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 00:44

गायक तिलक श्रेष्ठको “सुनसान बगरमा” गीतको म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७५ भदौ ८ गते १२:१२ मा प्रकाशित

प्रवासमा रहेर नेपाली गीत सङ्गीतलाई निरन्तरता दिँदै आफ्नो दोस्रो एल्वम (उषा) मा रहेको “ सुनसान बगरमा” गीतको म्युजिक भिडियो गायक तिलक श्रेष्ठले हालै सार्वजनिक गरेका छन् । गीतकार पासाड० शेर्पाको शब्द र चर्चित सङ्गीतकार हरि लम्सालको सङ्गीत रहेको गीत निकै मार्मिक रहेको छ ।

यस गीतका एरेन्जर स्वयम् हरि लम्साल हुन् भने गीतको मिक्सिङ र माष्टरिङ भने प्रकाश मिश्रले गरेका हुन् ।जीवन भट्टराई र सम्पदा बानियाँको मन छुने अभिनय रहेको यस गीतको म्युजिक भिडियोको क्यामरा उत्सव दाहाल, एडिटिङ निशान घिमिरे र निर्देशन प्रकाश धितालले गरेका हुन् ।

प्रतिक्रिया