बाटो पश्चगमनको
हिजो खुब सिकायौ – “सरकार त जनमनको हुनुपर्छ”, आज गरी देखायौ- “शासन सके जति दमनको हुनुपर्छ”, बलात्कृतको आँसु पुछ्न खोज्नेलाई ढालेर खूब गर्यौ- समयको कसीमा अब तिम्रो बाटो पश्चगमनको हुनुपर्छ ।