अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

छैटौँ मिस नेपाल युएसए २०१८ को ताज नेब्रास्काकी दिलाशा न्यौपानेलाई

बिआरटीनेपाल २०७५ भदौ ६ गते १९:०२ मा प्रकाशित

कोलोराडोकी कृति ढुंगेललाई मिस नेपाल युएसए २०१८ सेकेन्ड रनरअपको उपाधि

छैटौँ मिस नेपाल युएसए २०१८ को ताज नेब्रास्का निवासी २४ वर्षीय दिलाशा न्यौपानेले जितेकी छन् । उनले कार्यक्रममा शीर्ष उपाधिका साथ उनले मिस एकाडेमिक एक्सिलेन्स अवार्ड समेत हात पारिन् । 

टेक्सस सहरमा १९ अगस्टमा एक कार्यक्रम सहित सम्पन्न प्रतियोगितामा फस्ट रनर अफ टेक्ससकी २२ वर्षीय पोसा घर्ती मगर चुनिन । त्यस्तै सेकेन्ड रनरअपको उपाधि कोलोराडोकी २१ वर्षीया कृति ढुंगेलले हात पारिन् । कृति अनेसास कोलोराडो च्याप्टर अध्यक्ष तथा कलाकार कृष्ण मुरारी ढुङेलकी छोरी हुन ।

प्रतियोगितामा टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन् । सोर्वे फाउण्डेशनको सद्भावना दूत समेतको अवसर हात पारेकी आयशाले मिस सोसल एक्सिलेन्सको समेत अवार्ड चुमिन् । यसै गरी अदीति श्रेष्ठले मिस डिसिपिलिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृति भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि हात पारे ।

सन् २०११ देखि अमेरिकाको न्यु योर्क सहरबाट सुरु भएको प्रतियोगिता ‘मिस नेपाल युएसए’का संस्थापक परिकल्पनाकार इप्लानेट नेपालका सन्तोष सापकोटा र अमेरिकामा चर्चित युवा नेपाली ईण्टरप्रेनर अमित शाह हुन् ।

पूर्व मिस नेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठ लगायतको प्रशिक्षकबाट विभिन्न प्रशिक्षण सहित प्रतियोगी फाइनलमा उत्रिएका थिए । प्रतियोगी सिँगार्ने जिम्मेवारी मञ्जु दुलाल(सापकोटा)ले गरेकी थिइन् ।

अमेरिकामा रहेका नेपाली युवतीको सौन्दर्य र बौद्धिकता निखार्ने उद्देश्य रहेको यो प्रतियोगिता ‘ईम्पावरिङ्ग युथ, प्रोमोटिङ नेपाल’ मूल नाराका साथ आयोजना हुँदै आएको छ । यसपटकको प्रतियोगिताको होष्ट सञ्जय गुप्ताले गरेका थिए भने प्रतियोगीको फेसन डिजाइन लजिमा सुब्बा र क्षतिजा शाक्यले तयार गरेका थिए । 

प्रतिक्रिया