अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२५ | Colorodo: 12:40

अफगानिस्तानमा राष्ट्रपति घानीको सम्बोधन कार्यक्रममा रकेट आक्रमण

बिआरटीनेपाल २०७५ भदौ ५ गते ८:३७ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति अशरफ घानीले इद अल–अदाको अवसरमा सम्बोधन गरिरहँदा मंगलबार रकेट आक्रमण भएको छ । आक्रमण हुँदा घानीले राष्ट्रिय टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरिरहनुभएको थियो । कूटनीतज्ञहरुको निवासमा गरिएको आक्रमण राष्ट्रपतिको निवास नजिक भएको स्थानिय अधिकारीहरुले जनाएका छन् । आक्रमणबाट भएको क्षतिको विवरण भने सार्वजनिक भईसकेको छैन । आक्रमणपछि रखा खान क्षेत्रको आकाशमा धुवाँ र हेलिकोप्टर उडेको देखिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

रकेट आक्रमणलगत्तै त्यस क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । आक्रमण कसले गरायो भन्ने प्रस्ट खुल्न सकेको छैन । एक अर्को समाचारमा जनाईएअनुसार, राष्ट्रपति घानीले इदका अवसरमा युद्धविरामका लागि राखेको प्रस्ताव आतंकवादी समूह तालिबानले अस्वीकार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू