अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

दरबारको निर्देशनमा दोरम्बा हत्याकाण्ड– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ साउन ३१ गते ८:२१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल दोरम्बा हत्याकाण्ड तत्कालीन राजदरबारको निर्देशनमा भएको वताउनुभएको छ । तत्कालीन शाही सेनाद्वारा दोरम्बामा कब्जामा लिइ हत्या गरिएका २१ जना माओवादी कार्यकर्ताहरुका परिवारका सदस्यलाई सम्मान गर्न आज दोरम्वामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले घटनामा दरबारको आदेश मुख्य रहेको जिकिर गर्नुभएको हो । यसअघि पनि सेनालाई उक्त घटनाको जिम्मेवार भन्दै कारबाहीको माग हुँदै आएको थियो ।

दोरम्बा घटनामा मारिएकाका आफन्तजनलाई दोसल्ला ओडाएर सम्मान गरेपछि बोल्दै अध्यक्ष प्रचण्डले दोरम्बाको बलिदानले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्नुभयो । दोरम्बा हत्याकाण्ड कुनै सेनाको सनकमा नभई तत्कालीन दरबारको ठाडो निर्देशन र संलग्नतामा भएको टिप्पणी गर्नुभयो । टाउकोको मोल तोक्नेहरुको डिजाइनमा हत्याकाण्ड भएको भन्दै प्रचण्डले अन्तिम जित षड्यन्त्रकारीहरुको नभएको वताउनुभयो ।

तत्कालीन सरकार र युद्धरत माओवादीबीच दाङको हापुरेमा वार्ता भइरहेको बेला वि. सं. २०६० साउन ३२ गते दोरम्बामा एउटा विवाह कार्यक्रम र पार्टीको नियमित बैठकमा भेला भएका १९ जना माओवादी जिल्ला नेताहरुलाई तत्कालीन सेनाले नियन्त्रणमा लिई डडुवाको डाँडाकटेरीमा लगेर हत्या गरेको थियो । न्यायिक आयोगले दोरम्बामा सेनाले कब्जामा लिइ माओवादी कार्यकर्तालाई हत्या गरेको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो । प्रतिवेदनका आधारमा सेनाले घटनामा नेतृत्व गर्ने अधिकारीहरुलाई कारबाही समेत गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू