अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१९ | Colorodo: 23:34

बेडिंग फोटो अवार्ड हुने

बिआरटीनेपाल २०७५ साउन २६ गते ८:४७ मा प्रकाशित

काठमाडौँ । फोटोग्राफी व्यवसायमा संलग्न व्यक्तिहरूको साझा संस्था काठमाडौँ फोटोग्राफर सङ्घले केपीए वेडिंग फोटो अवार्ड २०१८ गर्ने भएको छ । सङ्घले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी हरेक वर्ष जस्तै यस वर्ष हुने कार्यक्रमको प्रतियोगितात्मक कार्यक्रम सुरु भएको जनायो । फोटोग्राफरहरूलाई दक्ष एवं अब्बल प्रतिस्पर्धी बनाउने उद्देश्यले गर्न लागिएको यो छैटौँ वर्ष रहेको जनाएको छ ।

प्रतियोगिताका लागि फोटो समावेश गराउने समय खुला गरिएको सङ्घले जनाएको छ । इच्छुक फोटोग्राफरहरूले एकजनाले बढीमा दुई वटासम्म फोटोग्राफर समावेश गराउने पाउने जनाइएको छ । फोटो समावेश गराउने अवधि भाद्र २३ गतेसम्म निर्धारण गरिएको छ ।

प्रतियोगिताको अन्तिम नतिजा असोज १ गते शनिवार राष्टिय नाचघर जमल काठमाडौँमा सार्वजनिक गरिने जनाइएको छ । उत्कृष्ट तीन विजेताहरूलाई अवार्ड तथा क्यानोन ब्राण्डका डीएसएलआर क्यामेराहरू प्रदान गरिने जनाइएको छ । अन्य उत्कृष्ट २० प्रतियोगीहरूलाई विविध पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भवदेव थापा मगरले कार्यक्रममा नेपालका सबै स्थानका फोटोग्राफरहरू समावेश हुन पाउने जनाए । यसका लागि विवाह समारोहमा खिचेका फोटोहरू पठाउन सकिने जनाए । साथै त्यो सांस्कृतिक भाव झल्किने हुनुपर्ने उनले जनाए ।

कार्यक्रम संयोजक जीवनाथ काफ्लेले फोटो पठाउने विभिन्न माध्यमहरू रहेको जनाए । तोकिएको सङ्कलन केन्द्र वा काठमाडौँ फोटोग्राफर सङ्घको वेभसाइटमा गई तोकिएका सर्तहरूको अधीनमा रही फारम भरी सोही सङ्कलन केन्द्र वा सङ्घको इमेलमा पठाउन सकिने उनले जनाए ।

सङ्घका सदस्य भोला केसीले प्रतियोगितामा एक हजार पाँचसय फोटोग्राफरहरू सहभागी हुँने विश्वास व्यक्त गरे । गत वर्षमा एक हजार दुईसय फोटोग्राफरहरू सहभागी रहेको उनले जनाए । यस वर्षको प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न हुने आशा उनले लिए ।

प्रतिक्रिया