अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

छिट्टै नयाँ प्रधानन्यायधीशको नाम सिफारिस हुन्छ – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ साउन २२ गते ८:१३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने वताउनुभएको छ । न्यायालयको नेतृत्व खाली हुन नहुने उल्लेख गर्दै उहाँले १/२ दिन भित्रमै नयाँ प्रधानन्यायधीशको नाम सिफारिस हुने वताउनुभएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेलालाई मंगलवार पर्साको वीरगञ्जमा सम्वोधन गर्दै प्रचण्डले उक्त कुरा वताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ती गर्ने बारेमा निरन्तर छलफल भैरहेको जानकारी दिंदै उहाँले प्रधानमन्त्रीले त्यसलाई चाँडै नै पूर्णता दिने विश्वास व्यक्त गर्नुभयो । नाम सिफारिस भएपछि संसदीय समितिमा पर्ने उजुरी र उसले गर्ने सुनुवाई नै मुख्य विषय रहने प्रचण्डको भनाई थियो ।

एकातिर संवैधानिक परिषद्बाट सिफारिस भएपछि संसदले त्यसलाई अनुमोदन गर्नै पथ्र्यो भन्ने बहस र अर्कोतर्फ संसदको सर्वोच्चता स्थापित गर्नका लागि सुनुवाई समितिमा परेका उजुरीमाथि स्वतन्त्रतापूर्वक सांसदले छानविन गर्न पाउनु पर्छ भन्ने बहस चलिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफुहरुले संसदको सर्वोच्चतालाई महत्व दिई त्यसलाई स्थापित गराएको वताउनुभयो ।

एक फरक प्रसंगमा वोल्दै अध्यक्ष प्रचण्डले केन्द्रदेखि स्थानीय तहसम्म भदौको पहिलो साताभित्र पार्टी एकभई सक्ने जानकारी दिनुभयो । २५ गतेसम्म तल्लो तहवाट सुझाव मागेको र सोही सुझावका आधारमा भदौ ५ गतेसम्म पार्टीको स्थानीय तहसम्म एकता भइसक्ने  वताउनुभयो ।

यसैवीच, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले जनताले महशुस गर्ने गरि विकास निर्माणका कामले गति लिएपछि मुलुकभर सर्वत्र राजनीतिक स्थिरताको महशुस हुने वताउनुभएको छ । मंगलबार विहान वीरगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा वताउनुभएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पदबाट दिएको राजीनामा विषमा वोल्दै अध्यक्ष प्रचण्डले उहाँको राजीनामा सञ्चारमाध्यममा आएको जस्तो नभएको जिकिर गर्नुभयो । श्रेष्ठ अहिले पनि पार्टी प्रवक्ता नै रहेको प्रचण्डको भनाई थियो । भोलि बस्ने पार्टीको सचिवालय बैठकमा श्रेष्ठको राजीनामाको विषयमा समेत छलफल हुने प्रचण्डले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू