अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

मिस नेपाल आइडलको ताज मेरिनालाई

बिआरटीनेपाल २०७५ असार १२ गते २२:४५ मा प्रकाशित

एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौदिक एवं सौन्दर्य प्रतिस्प्रधा ‘मिस नेपाल आइडल २०१८’ उपाधि मेरिना लिम्बुले जित्न सफल भएकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १८ प्रतिस्पर्धीलाई पछिपार्दै उनले उपाधि जितेकी हुन । राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगिताको फस्ट रनरअपमा सुसन कोइराला घोषित भइन, उनले उपाधि सहित मस्ट ब्युटिफुल र मिस पब्लिक चईसको टाईटल पनि प्राप्त गरिन । त्यस्तै सेकेन्ड रनरअपमा आकृति कुँवर घोषित भइन उनले ट्यालेन्ट सोमा प्रस्तुत गरेको नृत्यले बेस्ट ट्यालेन्टको उपाधि पनि प्रातः गरिन, र थर्ड रनरअप रक्षा भुजेल घोषित भइन, उनले उपाधि सहित बेस्ट पर्सानालिटी अवार्ड पनि प्राप्त गरिन भने बेस्ट फिगर तथा मस्ट पपुलरको ताज कृजु महर्जनले हात पारिन् ।त्यस्तै अन्य विभिन्न विधामा प्रतिस्प्रधीहरुले सबटाईटल प्राप्त गरेका थिए । जसमा बेस्ट फोटोजेनिक अवार्ड वर्षा महर्जन, बेस्ट डिसिप्लिन सुजता थापा, बेस्ट स्माईल स्मृति बोहरा, बेस्ट हेयर अस्मिता तामाङ, बेस्ट कम्प्लेक्सन मिना पुन, बेस्ट स्किन कञ्चन यादव, मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस संयम श्रेष्ठ, मस्ट पंचल साइना तामाङ,मस्ट चार्मिङ टिनेमा लिम्बु, मस्ट स्मार्ट अलिशा राई, मस्ट एक्टिभ सबिता पोखरेल, मस्ट ईन्टेलिजिन्ट मेरिना लिम्बुले हात पारे ।

प्रतियोगिताको निर्णायक मण्डलमा इन्टरनेसनल मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, नर्सिङ आइडल विजेता सुनिशा विष्ट, नायिका तथा मोडल सुषमा अधिकारी,चर्चित गायक यम बराल र प्रमुख निर्णायकमा मोडल, आरजे भिजे तथा कोरियोग्राफर कला सुब्बा निर्णायक रहेका थिए ।

प्रतिस्प्रधीहरुलाई आर्टिस्ट नेपाल स्टुडियोसका फोटोग्राफर कुवेर तामाङको फोटोग्राफी रहेको थियो । प्रतिस्प्रधीलाई कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन ।

प्रतिक्रिया