अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

नेजा अधिवेशनको तयारी मिटिङ सियाटलमा सम्पन्न

बिआरटीनेपाल २०७५ असार १० गते २३:१६ मा प्रकाशित

नेपाल सियाटल सोसाइटी लगायत वासिङटन राज्यमा रहेका नेपाली सङ्घ संस्थाका प्रतिनिधिको उपस्थितमा नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले जुलाई २१ र २२ मा हुने अधिवेशनको तयारी मिटिङ आइतबार सियाटलमा आयोजना गर्‍यो । गोरखा दरबारमा आयोजित कार्यक्रममा स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरूले सियाटलमा गर्न लागिएको नेजाको छैटौँ अधिवेशन तथा १२ औँ साधारण सभाको स्वागत गरेका छन् ।

नेपाल सियाटल सोसाइटीका संस्थापक अध्यक्ष एवं वासिङ्टन स्टेटका आयुक्त मोहन गुरुङ, वाणिज्यदुत एसी शेर्पा, नेपाल सियाटल सोसाइटीका अध्यक्ष माधव भण्डारीले अधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा दशरथ वुढाथोकी, बुद्धि कुँवर, पशुपति पाण्डे, पूर्व अध्यक्ष गणेश शिवाकोटी, मनिष ढकाल, हुने गुरुङले कार्यक्रम तयारीका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो ।

विभिन्न सहरमा रहेका नेपाली समुदायसँग नेजालाई जोड्दै जाने पूर्व घोषित नीति अनुसार नेजाले सियाटलमा अधिवेशन गर्न लागेको अधिवेशन तयारी समितिका संयोजक ध्रुव कुँवरले जानकारी गराउनु भयो । कार्यक्रममा नेजाका महासचिव तोया दाहाल, कोषाध्यक्ष शैलेश पोखरेलले संस्थाले नेपाली समुदायसँग जोडिएरगरिरहेका काम र उद्देश्य प्रस्ट पार्नु भएको थियो । 

 

प्रतिक्रिया