अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

रेस ३’ हेर्न नेपाली दर्शकलाई सलमानको आग्रह

बिआरटीनेपाल २०७५ जेठ २९ गते ९:५४ मा प्रकाशित

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले नेपाली दर्शकलाई ‘रेस ३’ हेर्न आग्रह गरेका छन् । १५ जूनबाट रिलिज हुने ‘रेस ३’ मा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतले अभिनय गरेका छन् ।

सलमानले भिडियो मार्फत सबै नेपालीलाई ईदको शुभकामना दिँदै ‘रेस ३’ हेर्न आग्रह गरेका हुन् । रमेश तौरानी निर्माता रहेको ‘रेस ३’ लाई रेमो डिसूजाले निर्देशन गरेका हुन् ।

पीकृष्ण मुभिजले ‘रेस ३’ को नेपाल प्रदर्शनको अधिकार खरिद गरेको छ । नेपालबाट सलमानका हरेक फिल्मले करोडौंको कलेक्सन गर्दै आइरहेका छ ।

प्रतिक्रिया