अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

अमेरिका फेसबुक मोह घट्दै

बिआरटीनेपाल २०७५ जेठ १९ गते २१:०३ मा प्रकाशित

वासिङ्टन,पछिल्लो एक अध्ययन अनुसार अमेरिकी किशोर किशोरीमा सामाजिक सञ्जाल फेसबुक प्रतिको मोह घट्दै गइरहेको छ । बरु फेसबुकको प्रतिद्वन्द्वी युट्युब, इन्स्टाग्राम र स्न्याप च्याटतर्फ तिनीहरू बढी आकर्षित हुँदै गइरहेको पाइएको छ ।

अहिले अमेरिकाका ५१ प्रतिशत किशोर किशोरीले मात्र फेसबुकको प्रयोग गर्ने गर्दछन्। सन् २०१५ मा प्रयोगकर्ताको सङ्ख्यामा २० प्रतिशतले कमी आएको छ। अमेरिकास्थित प्यु रिसर्च सेन्टरले हालै तिनीहरूको सामाजिक सञ्जाल बानी सम्बन्धमा सर्भेक्षण गरेको हो । १३ देखि १७ वर्ष उमेर समूहमध्ये ४५ प्रतिशतसँग स्मार्टफोन रहेको बताइएको छ ।

त्यसै गरी युट्युब तिनीहरूको फेसबुकप्रतिको मोह चोर्न सफल भएको छ। अहिले तिनीहरूमध्ये ८५ प्रतिशतले युट्युबको भिडियो सेयरिंग प्लेटफर्म रुचाउने गरेका छन् । अहिले तिनीहरू मध्ये ७२ प्रतिशतले इन्स्टाग्राम र ६९ प्रतिशतले स्न्याप च्याट प्रयोग गर्ने गरेका छन्। त्यसै गरी ३२ प्रतिशतले ट्विटर र १४ प्रतिशतले टम्बर प्रयोग गर्ने गरेका छन् । (एजेन्सी) 

प्रतिक्रिया