अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

चर्चामा रणवीर र आलियाको अफेयर, यसरी सुरु भएको थियो लभस्टोरी

बिआरटीनेपाल २०७५ जेठ १९ गते २०:३० मा प्रकाशित

एजेन्सी । पछिल्लो समय अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको लभस्टोरीको चर्चा निकै हुन थालेको छ । आलिया र रणवीरले एक अर्कासँग रिलेशनमा भएको इशारा दिईसकेका छन् । उनीहरुले एक अर्काको परिवारमा सम्बन्धसमेत बढाईरहेका छन् ।

यसो भनिरहँदा रणवीरकी बहिनी रिद्धिमाले आलियालाई ब्रासलेट गिफ्टसमेत दिईसकेकी छन् । रणवीरका आमा बुवा, नीतु र ऋषि कपुरलेसमेत अभिनेत्री आलियालाई मन पराईससकेका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार फिल्म ब्रम्हास्त्रको सुटिङको क्रममा यो जोडीको भेट भएको थियो भने यसै फिल्मको सुटिङको दौरानमा उनीहरुको लभस्टोरी पनि सुरु भएको हो । सुत्रले बताए अनुसार आलियाले रणवीरको साथमा काम गर्नु सपना जस्तै लागिरहेको थियो ।

रणवीर र आलिया सबै भन्दा पहिले अयान मुखर्जीको साथमा फिल्म रेकीको लागि बुल्गेरीया गएका थिए । यो जोडीले न्यु ईयर पनि बुल्गेरीयामा सँगै मनाएका थिए । यो जोडीको एक अर्काप्रति बढीरहेको दुरी आलियाले आफ्नो इन्स्टाग्रममा पोष्ट गरेकी तस्वीरहरुले प्रष्ट देखाईरकेको छ ।

त्यस्तै अभिनेत्री सोनम कपुरको बिहेमा पनि यो जोडीले सँगै इन्ट्रि मारेका थिए । सोनमको बिहेमा यो जोडी सँगै गएपछि उनीहरुको सम्बन्धको बारेमा निकै चर्चा हुन थाल्यो ।

पछिल्लो समयमा आलियाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘हो, म एक युवकको नजरमाथि क्रस छु । रणवीरको साथमा चलिरहेको रिलेशनको समाचारलाई मैले स्वीकार गर्न पनि सक्दिन तर नकार्न पनि सक्दिन । मलाई रणवीरको फेशन सेन्स र उनीसँग काम गर्न निकै राम्रो लाग्यो ।’

प्रतिक्रिया