अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३६ | Colorodo: 12:51

बजेट प्रति भुतपुर्व अर्थमन्त्रीहरुको मिश्रित प्रतिकृया

बिआरटीनेपाल २०७५ जेठ १६ गते ११:१५ मा प्रकाशित

 

सरकारले हिजो प्रस्तुत गरेको बजेटमा भुतपुर्व अर्थमन्त्रीहरुको मिश्रित प्रतिकृया आएको छ ।

केही अर्थमन्त्रीहरुले बजेटले नीतिगत निरन्तरता दिएकाले सकरात्मक भएको र श्रोतको सुनिश्चितता र कार्यन्वयन गर्ने निकाय विलियो भए धेरै प्रतिफल दिने विचार राख्नु भयो।

राजधानीमा आयोजित कार्यक्रममा भूतपुर्व अर्थमन्त्री शंकर कोइरालाले ३ वटा कार्यक्रम वाहेक सवै पुरानै कार्यक्रमलाइ निरन्तरता दिनु राम्रो पक्ष भएको वताउनु भयो ।

आर्थिक वृद्धिदर लक्ष्य, कृषि उत्पादन दोव्वर र ५ लाख रोजगारी ऋजना गर्ने लक्ष्य भने यो वजेट पुरा नगर्ने उहाँको भनाइ थियो ।

सोही अवसरमा पुर्व अर्थमन्त्री डाक्टर रामशरण महतले सपना मात्र वाँडिएको तर ती सपनालाइ पुरा गर्ने श्रोत र योजना स्पष्ट नभएकाले कार्यान्वयन कठिन भएको वताउनु भयो ।

करको मात्रा बढेकाले नयाँ स्वदेशी तथा वैदेशिक लगानी आउने संभावना नरहेको र पुर्वाधार र कार्यक्रम नभएकाले पर्यटक वढाउने र रोजगारी ऋजना गर्ने तर्क कोरा अनुमान मात्र भएको डाक्टर महतको भनाइ थियो ।

श्रोतको व्यवस्थापन र भएको संरचनाको परिचालन र जनशक्तिको मनोवल उच्च वनाउन सक्दा केही लक्ष्य हासिल गर्न सकिने उहाँको भनाइ थियो ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू