अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

युएनए तेस्रो सम्मेलन विभिन्न गतिविधि र नयाँ नेतृत्व सहित सम्पन्न

विजय थापा/कृष्ण केसी २०७५ जेठ १४ गते १४:१३ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घका निवर्तमान अध्यक्ष डा शेष घले र निवर्तमान आइसीसी सदस्य जमुना गुरुङको प्रमुख आतिथ्यमा मे २६-२७ २०१८ टेक्ससमा भएको युनाईटेड नेप्लिज एसोसिएसन (युएनए ) को तेस्रो सम्मेलन विभिन्न कार्यक्रम र आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन सहित सम्पन्न भएको छ। 

युएनए सम्मेलनमा खेलकुद, आइटी, करियर फेयर, इमिग्रेशन, महिला विकास, इण्टरप्रेनर जस्ता विषयमा प्रस्तुति र छलफल र गीत सङ्गीतले भरपूर मनोरञ्जन समेत भएका थिए। विजयी खेलाडीहरूलाई पुरस्कार, प्रमाण पत्र र शिल्ड सहित प्रदान गरेर कार्यक्रम समापन भएको थियो।

कार्यक्रमको अन्तिम दिन प्रमुख अतिथि डा शेष घलेले आफ्नो पारिवारिक जीवन र व्यवसायको सफलताको प्रेरक कुरा बताई रहँदा सबैको ध्यान केन्द्रित भएको थियो। विशेष गरी उहाँले इजी र क्विकमनी होइन सानो व्यवसायबाट सुरु गर्दै सिक्दै, बढाउँदै इमान्दारसाथ गयोभने अवश्य सफलता पाइने कुरा बताउनुभयो। 

त्यसै गरी डा घलेले व्यवसायको दृढ इच्छा, स्पष्ट योजना र मन भयो भने लगानीका थुप्रै अवसर हुन्छन् भन्नुभयो। नेपालको लागानी भनेको एक किसिमको भावनाको लागानी हो, पहिला आफ्नो ठाउँमा सफलता लिनुहोस्, खुट्टा दरो गरी टेक्नुहोस अनि नेपालमा लगानीको लागि अवश्य सजिलो हुन्छ भन्नुभयो।

कार्यक्रमको समापन गर्दै युएनएका अध्यक्ष पासाङ्ग लामाले संस्थाको उद्देश्य भनेको युवाहरूलाई प्रेरणा दिनु, अमेरिकी मेन स्ट्रिममा लाइजना सहयोग गर्नु हो भन्नुभयो। त्यसै गरी उहाँले आगामी दुई वर्षका लागि बि एन पन्तको अध्यक्षतामा बनेको नयाँ नेतृत्वको घोषणा समेत गर्नुभयो। 

प्रतिक्रिया