अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

सिड्नीमा बाल साहित्य महोत्सव भव्यताका साथ सम्पन्न

महेश्वर शर्मा, सिड्नी-अस्ट्रेलिया २०७५ जेठ १३ गते १०:४३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अस्ट्रेलियाको आयोजनामा सिड्नीमा बाल साहित्य महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। प्रवासमा रहने पछिल्ला पुस्ता नेपाली भाषी बालबालिकाहरूमा नेपाली भाषा संस्कृति तथा साहित्य प्रति अभिरुचि जगाउने मूल उदेश्यका साथ बाल कविता प्रतियोगिता सहितको “बाल कविता महोत्सव ” आयोजना गरिएको हो।
२७ मे २०१८ आइतबार एसफिल्डको पोलिस क्लब , ७३ नोर्टन स्ट्रीट ,एशफिल्डमा सम्पन्न सो कार्यक्रममा ५ वर्ष देखि १४ वर्ष सम्मका २२ जना सहभागी बालबालिकाहरूले कविता प्रतियोगितामा भाग लिएका थिए। सो प्रतियोगितामा मोनिका काफ्ले प्रथम,विभु सापकोटा द्वितीय र ऋतिका तिवारी तृतीय स्थान हांसिल गर्न सफल भएका छन्। 

सो कविता प्रतियोगितामा साहिल कार्की,विजिशा थपलिया,कृष्णा गिरी,आकृति घिमिरे,रोज कर्माचार्य,कियोना श्रेष्ठ,मोनिका काफ्ले,रोशनी सापकोटा,सलिका जी.सी.,तिप्सु पाण्डे,सुकृती आचार्य,सहज गौतम, दिपेन भण्डारी,दिपेन ढुङ्गेल,आकृति गौतम,प्रीति नेपाल,विवेक दवाडी,ऋतिका तिवारी,सदिक्क्षा शर्मा,अमरा रिमाल,विनम श्रेष्ठ,विभु सापकोटा गरी २२ जना बालबालिकाहरूले भाग लिएका थिए। प्रथम,द्वितीय तथा तृतीय हुने बालबालिकालाई पुरस्कार सहित प्रमाण पत्र र वाल साहित्यको पुस्तक प्रदान गरिएको थियो। भने प्रतियोगि सबै बालबालिकाहरूलाई प्रमाण पत्र सहित बाल साहित्यको पुस्तक प्रदान गरिएको थियो। 

मदन पुरस्कार प्राप्त गर्न सफल साहित्यकार मुकुन्दशरण उपाध्यायका सुपुत्र साथै अनेसास एनएसडब्लुका पूर्व अध्यक्ष साहित्यकार महेन्द्र पौडेल सो कार्यक्रममा निर्णायक प्रमुखको भूमिकामा हुनुहुन्थ्यो भने साहित्यकार तथा अनेसास कोलोराडोकी पूर्व अध्यक्ष आचार्य प्रभा तथा वरिष्ठ कृषि विज्ञ तथा प्राज्ञ डा. जगदीश तिम्सिना सहित तिन जनाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।
सो कार्यक्रममा फोटो पत्रकार शुधिरा शाह र उहाँकी छोरी रिभा शाहले सबै बालबालिकाहरूलाई मिल्ने गाजर को हलुआ नामक एक विशेष प्रस्तुति सहितको नाटक प्रस्तुत गरेका थिए। सो कार्यक्रममा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको तर्फबाट सोफिया पौडेल,आकृति घिमिरे,अन्सु भट्टराई,निभा सापकोटा र जस्मिन केसीले सामूहिक नृत्य प्रस्तुत गरेका थिए। 

अनेसास एनएसडब्लु बाल क्लब ईकाई गठन:
सो कार्यक्रममा रिभा शाहको अध्यक्षतामा अनेसास एनएसडब्लु बाल क्लब ईकाई समेत गठन गरियो। विभु सापकोटा उपाध्यक्ष ,सदिक्षा शर्मा महासचिव,सुजान श्रेष्ठ कोषाध्यक्ष, छन् भने सदस्यमा अमारा धिमाल,ब्राज सापकोटा, बेला बेलबासे, प्राची सापकोटा ,मेघन अर्याल,मोनिका काफ्ले, रोशनी सापकोटा रहेका छन्।

सो कार्यक्रममा साहित्यकार आचार्य प्रभाले बालबालिका सँग सम्बन्धित कविता वाचन गर्नुभएको थियो भने सोही कार्यक्रममा ए बी एका सल्लाहाकार तथा भुट्निज नेप्लिज कम्युनिटीबाट आउनुभएका निमेष भण्डारी ज्यूले समेत बालबालिका सँग सम्बन्धित कविता वाचन गर्नुभयो। अस्ट्रेलियामा रहेका नेपाली बालबालिकाहरूमा नेपाली पाठशालाको माध्यामबाट नेपाली भाषा हस्तान्त्रण तथा सञ्चार गर्न नेपाली शब्दमाला पाठशालाले खेलेको महत्त्वपूर्ण भूमिकाको कदर गर्दै सो पाठशालालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सो पाठशालाकी अध्यक्ष अर्चना गुरुङ्गले प्रशंसा पत्र ग्रहण गर्नुभएको थियो। साथै भुटनिज नेपाली भाषा पाठशाला लाई समेत प्रशंसा पत्र प्रदान गरियो सो पाठशाला बाट आउनभएका प्रतिनिधि निमेष भण्डारीले प्रशंसा पत्र ग्रहण गर्नुभएको थियो। निर्णायक मण्डलिमा रही महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सबै निर्णायक मण्डललाई प्रमाण पत्र प्रदान गरिएको थियो। सोही कार्यक्रममा सम्बोधन गर्दै एनएसडब्लु राज्यका महाबांडिज्यदूत दीपक खड्का ज्यूले यस्ता कार्यक्रमले प्रवासमा रहने दोस्रो पुस्ता बालबालिकाहरूमा नेपाली भाषा प्रति मोह जगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सघाउ पुग्ने बताउनुभयो। 

सो कार्यक्रममा एनएसडब्लुका महाबांडिज्यदूत दीपक खड्का,अनेसासका पूर्व उपाध्यक्ष तथा विश्व शान्ति परिषद्का शान्तिदूत तथा योग गुरु आचार्य राजन शर्मा भीमसेन सापकोटा,एनआरएन अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वन ,एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा स्टेट कोर्डिनेटर नन्द गुरुङ्ग,ललितकला क्याम्पसका पूर्व प्रमुख ,त्रिभुवन विश्वविद्यालयका एसोसियटका प्रोफेसर तथा एनआरएनए आईसिसी खेलकुद संयोजक राजु मानन्धर,एनआरएनएका सचिव देव गुरुङ्ग, नारी निकुञ्ज अष्ट्रेलियाकी अध्यक्ष प्रतिज्ञा अधिकारी,नेपाली शब्दमाला पाठशालाकी अध्यक्ष तथा प्रतिनिधि अर्चना गुरुङ्ग, नेपाली समुदायका अगुवा डा.नारायण प्रधान, नेपाली पत्रका प्रधान सम्पादक,ऋषि आचार्य , नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता केसी , एनआरएन आइसिसी सदस्य जानकी पौडेल,प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका पूर्व अध्यक्ष विनोद श्रेष्ठ,एनआरएनए बाट रामजी विष्ट,सुमित्रा विष्ट,नेप्लिज रिक्रिएसनल क्लब अष्ट्रेलियाका अध्यक्ष विष्णु हमाल,गायक ईश्वर पोखरेल,नाईफाका प्रवक्ता दिवाकर काफ्ले,सीमा रोशि,लगायत नेपाली समुदायको बाक्लो उपस्थित रहेको थियो।

सभाअध्यक्षको रूपमा रहेकी सानु घिमिरेले सो कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अभिभावकहरू,विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू लगायत सबैमा आभार प्रकट गर्दै धन्यवाद दिएकी थिइन । सो कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाका महासचिव महेश्वर शर्माले सञ्चालन गरेका थिए। सो कार्यक्रममा एनएसडब्लु अष्ट्रेलियाका सचिव दीपक निरौला, कोषाध्यक्ष ममता तिवारी, सदस्य प्रवीण टन्डन आयोजकको रूपमा भूमिका निर्वाह गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू