अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

सम्पदा क्षेत्रमा विद्युतीय सवारी संचालनको तयारी

बिआरटीनेपाल २०७५ जेठ ३ गते १०:४४ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरि उड्डयन मन्त्री रबिन्द्र अधिकारीले काठमाडौं उपत्यका भित्रका विश्व सम्पदा क्षेत्रमा विद्युतीय सवारी संचालनको तयारी भइरहेको जानकारी दिएका छन् । पर्यटकहरुको भ्रमणको सहजताका लागि रातीको ८ बजेपछि विद्युतीय बस संचालनमा ल्याउने गरि मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताए ।

यसका लागि सबैभन्दा पहिला बत्तिको उचित प्रबन्ध मिलाउने उनले बताए । त्यसपछि मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डलाई आवश्यक कार्यविभाजन गरि काम गर्ने मन्त्री अधिकारीको भनाई थियो । वातावरण प्रदुषण नगर्ने विद्युतीय सवारीले पर्यटकलाई भ्रमणमा समेत सहज हुने भएको कारण रातको समयमा घुम्ने पर्यटकको संख्या समेत बढ्ने उनको विश्वसा छ।

अहिले उपत्यकाको सम्पदा क्षेत्रमा दिउँसोको समयमा आन्तरिक एवं बाह्य पर्यटकको चाप हुने गरेपनि रातीको समय भने प्राय सुनसान हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू