अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

कतारमा नेपाली कामदारका समस्या समाधान गर्न सिफारिस

बिआरटीनेपाल २०७५ जेठ २ गते १९:४२ मा प्रकाशित

काठमाडौं – कतारस्थित नेपाली दूतावासले तीन महिनाको अवधिमा रोजगारदाता कम्पनीबाट तलब तथा सेवासुविधा नपाएका ८ सय २७ नेपाली कामदारको समस्या समाधानका लागि कतार सरकारसमक्ष सिफारिस गरेको छ ।

दूतावासले पीडित नेपाली कामदारसँग निवेदन लिई समाधानका लागि कतार सरकारको श्रम विभागमा पठाएको हो ।

दूतावास आफैंले रोजगारदातासँग समन्वय गरी नसुल्झेका विषय समाधानका लागि कतारी निकायसमक्ष पठाउने व्यवस्था छ ।

पीडितमा तीन महिना भन्दा बढी तलब तथा सेवा सुविधा नपाउनेहरु छन् । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

दूतावास आफैंले ५ सय ३० नेपालीको कामदारको समस्या समाधान गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू