अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

यूएस-बङ्गला विमान दुर्घटनामा पाइलट नै मुख्य दोषी

बिआरटीनेपाल २०७४ चैत २७ गते १९:५५ मा प्रकाशित

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ मा भएको युएस बङ्गला एयरलाइन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ। दुर्घटना जाँचबुझ आयोगले संस्कुति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ ।

आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो। उक्त प्रतिवेदन मन्त्री अधिकारीले मन्त्रिपरिषद्मा पेस गर्ने छन्। जाँचबुझ आयोगले दुर्घटनाको विषयमा प्रारम्भिक प्रतिवेदनमा कुनै पनि विषय ठोस रूपमा भने उल्लेख गरेको छैन । आयोगका एक दस्यका अनुसार छलफलमा धेरै विषयहरू आएको र विस्तृत अध्ययन गरिनेछ । थाहाखबरबाट 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू