अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

सडक बिस्तारको बिरोधमा उत्रेका प्रदर्शनकारी र प्रहरीबिच बानेश्वरमा बृहत झडप (भिडियो)

प्रदर्शनकारी ५ जना घाइते, ९ जना पक्राउ

बिआरटीनेपाल २०७४ चैत १४ गते ६:०९ मा प्रकाशित

काठमाडौंको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सडक विस्तारको क्रममा पुराना सम्पदा र धेरै पुराना घर पनि भत्काइएको भन्दै काठमाडौं उपत्यकाका विभिन्न जातीय समुदायले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म गरेको प्रदर्शन प्रहरीले नियन्त्रण गर्न खोज्दा झडप भएको हो ।

प्रदर्शनकारीलाई नियन्त्रण गर्न नसकेपछि प्रहरीले पानीको फोहोरा प्रहारबाट प्रदर्शन तितरवितर पार्न खोजेको थियो । झडपमा ५ जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुको बानेश्वर स्थित एभरेष्ट अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलबाट प्रहरीले ९ जना प्रदर्शनकारीलार्इ पक्राउ गरेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू