अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

भोलीबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘शत्रु गते’लाई राम्रो मल्टिप्लेक्स शो

बिआरटीनेपाल २०७४ चैत ८ गते ५:०१ मा प्रकाशित

भोलीबाट देशभर प्रदर्शनमा आउने चलचित्र ’शत्रु गते’ ले रिलिज अगाडी नै मल्टिप्लेक्समा खुल्ला गरेको बुकिङ राम्रो देखिएको छ । सार्वजनिक गीत तथा ट्रेलरको कारण प्रतिक्षित बनेको चलचित्रलाई हेर्न दर्शकले चासो देखाएका छन् । फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ ।

फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो , सिने डी सेफमा १० शो , बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ । यससंगै फिल्म राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

हरिबंश आचार्य –फिल्मको बुकिङ खुलिसकेपछी दर्शकले देखाउनु भएको उत्साहले हर्षित छौ । हामीले आफ्नो काम राम्रो गर्ने कोसिश गरेका छौ र दर्शकको रुची अनुसारकै फिल्म बनाएका छौ जस्तो लाग्छ । फिल्म शुक्रबार रिलिज हुदैछ । फिल्मलाई हामीले मनोरंजनको पूर्ण प्याकेज बनाउने कोसिस गरेका छौ । फिल्मले हसाउछ , रुवाउछ ।

किरण केसी – बुकिङ राम्रो भएको छ , साथै हामीले हल संख्या पनि राम्रो पाएका छौ । जसरि गीतसंगीत र ट्रेलरलाई दर्शकले रुचाइदिनु भएको छ त्यसरी नै फिल्म पनि मन पराउनु हुन्छ भन्नेमा विश्वस्त छौ । हामीले हाम्रो अनुभवले बनाएको फिल्मलाई दर्शकले रुचाउने किसिमले नै तयार पारेका छौ ।

प्रदीप भट्टराई – मैले फिल्मलाई मदन दाइ हरि दाइको फ्यानसंगै दीपक दाइ , दीपा दि , प्रियंका , पल , आँचल सबैको फ्यानलाई हुने गरि बनाउने कोसिस गरेका छौ । मैले स्टारडम भन्दा पनि क्यारेक्टर अनुसार फिल्ममा प्रस्तुत गरेको छु । कथा अरु भन्दा फरक होइन केवल प्रस्तुतिलाई रमाइलो बनाउने कोसिस गरेका छौ । फिल्म हेर्दा दर्शकको समय र पैसाको सदुपयोग हुन्छ ।

प्रतिक्रिया