अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

नवबिवाहित छोरी ज्वाईंका लागि अपार्टमेन्ट खोज्दै दिपकराज गिरी

बिआरटीनेपाल २०७४ फागुन १४ गते ३:३४ मा प्रकाशित

हास्यकलाकार दिपकराज गिरीले आफ्नी एक्ली छोरी मौसमी गिरीको  विवाह गरिदिएका छन् । नुवाकोट विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशील पण्डितसँग मौसमीको शनिबार परम्परागत रिति–रिवाज अनुसार विहे भएको हो । पुरानो वानेश्वरस्थित ‘बाजेको सेकुवा’ मा वैवाहिक समारोह सम्पन्न भएको थियो । विवाह समारोहमा दीपक निकटका साथीभाईहरुको उपस्थिती देखिन्थ्यो ।

मौसमी र सुशीलबीच तीन वर्ष पुरानो प्रेम विवाहमा परिणत भएको हो । उनीहरु अध्ययनका लागि भारतमा रहँदा प्रेममा परेका थिए । मौसमी अहिले नर्सिङ अध्यापन गरिरहेकी छिन् । उनले बाबुले निर्माण गरेको फिल्म छक्का–पञ्जा २ मा छोटो भूमिकामा अभिनयसमेत गरेकी थिइन् । सुशील भने पढाईकै क्रममा छन् । उनी हाल एमबीए अध्ययनरत रहेको बुझिएको छ ।

यस्तै दीपकले छोरी–ज्वाईलाई काठमाडौंमा अपार्टमेन्ट उपहार दिने भएका छन् । बिबाहपछि यो जोडी काठमाडौंमै बस्नेछ । उनी अहिले ठिक्कको अपार्टमेन्ट खोजीरहेको बुझिएको छ । छोरी अन्माउने बेला दिपक भावुक बनेका थिए । बिहेमा उपस्थित भएकी दीपकको सहकर्मि दीपा श्री निरौलाले बेहुली सिंगार्ने काम गरेकी थिइन् ।

दिपकका दुई छोरा र एक छोरी छन् । उनले यसै वर्ष आफ्ना जेठा छोराको बिहे गरेर बुहारी भित्र्याएका थिए । उनका छोरा अष्ट्रेलियामा बस्दै आएका छन् भने श्रीमतीलाई पनि चाँडै उतै लैजाने योजनामा छन् । कान्छा छोरा भने पढ्दै छन् ।

प्रतिक्रिया