अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

चलचित्र ‘डमरुको डण्डीबियो’को पोष्टर सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ २३ गते ७:०७ मा प्रकाशित

नेपालमा लोप हुँदै गएको डण्डीबियो खेलको कथा बोकेको चलचित्र ‘डमरुको डण्डीबियो’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ ।चलचित्र ‘डमरुको डण्डीबियो’ को सार्वजनिक पोष्टरमा लेखक तथा कलाकार खगेन्द्र लामिछानेलाई प्रस्तुत गरिएको छ ।

खगेन्द्र लामिछानेकै लेखन रहेको चलचित्रमा खगेन्द्रका संगै अनुप बराल, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारहरुको अभिनय छ ।

छेतेन गुरुङको निर्देशन रहेको ‘डमरुको डण्डीबियो’ समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानीमा निर्माण भएको हो भने चलचित्रमा हरी हुमागाइँको छायांकन रहेको छ ।

कालीप्रसाद बाँस्कोटाको संगीत रहेको चलचित्रलाई प्रितम पाण्डेको सम्पादन गरेका हुन् ।

प्रतिक्रिया