अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

‘शेरबहादुर’लाई शतप्रतिशत राम्रो प्रतिक्रिया

बिआरटीनेपाल २०७४ माघ २० गते ६:२० मा प्रकाशित
शुक्रवारबाट प्रदर्शनमा आएको फिलम शेरबहादुरलाई राम्रो प्रतिक्रिया मिलेको छ । फिल्म शेरबहादुरलाई सोचे जस्तो दर्शकको साथ त मिली रहेको छैन तर जति दर्शक हलमा आएका छन् सबैले फिल्म राम्रो भएको शत प्रतिशत प्रतिक्रिया दिएका छन् ।
शुक्रवार ४५ प्रतिशत अकुपेन्सि कायम गरेको फिल्मले शनिवार ६५ प्रतिशत मात्रै अकुपेन्सि कायम गरेको छ । वितरकका अनुसार शनिवार ८० प्रतिशत माथिको अकुपेन्सि अनुमान गरिएको थियो । तर दर्शक सोचे जस्तो हलमा आएका छैनन् । जति दर्शकको साथ मिलेको छ सबैले फिल्म मन परेको र यसको वारेमा विस्तारै सबैमा जानकारी पुग्ने प्रतिक्रिया दिएका छन् ।
कतिपय दर्शक आफैले फिल्म हलिउडको प्रभावमा बनाएको थाहा हुदाहुदै हेरेको र नेपालमा पनि हलिउडको जस्तै फिल्म निर्माण हुन सक्छ भने विश्वास शेरबहादुर बाट मिलेको बताएका छन् । राजधानीका सिंगल थिएटरहरुमा विहानको शो ठिकै रहेको थियो भने दिउँसोको शो मा दर्शकको साथ बढ्दै गईरहेको पाईयो ।
गोपिकृष्ण, अष्टनारायण लगायतका हलमा दर्शकहरु सुनिल थापा र रविन्द्र झासाग सेल्फि खिच्न व्यस्त देखिन्थे ।दुई दनिमा कति कमाएको छ भने वारे वितरकले आईतवार मात्रै आधिकारीक रिपोर्ट दिने बताएका छन् । फिल्म हेरेका दर्शकहरुले सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा चारै जनाको अभिनयको प्रशंसा गरेका छन् ।
गौरी शंकर धुजु र धिरज राजबंशीको निर्माण रहेको फिल्म शेरबहादुरलाई आर राजवंशीले निर्देशन गरेका हुन् । सस्पेन थ्रिलर जनरामा निर्माण भएको शेरबहादुरमा अवकाश प्राप्त एक आर्मीको कथा समेटिएको छ । शेरबहादुरमा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रबिन्द्र झा को मुख्य भुमिका रहेको छ ।
प्रतिक्रिया