अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

चलचित्र ‘साली कस्को भेनाको’ चितवनमा शुभ मुर्हुत

बिआरटीनेपाल २०७४ माघ २ गते ४:२५ मा प्रकाशित
नेपाली कथानक चलचित्र ‘साली कस्को भेनाको’ मंगलबार चितवनमा शुभ मुर्हुत गरिएको छ । मुभिङ पिक्चर्स प्रा.लि द्धारा निर्मीत चलचित्र साली कस्को भेनाको बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले क्याल्प हानेर शुभ मुहुर्त गर्नुभएको हो ।
शुभ मुहर्त निर्देशक भद्र भुजेलले निर्देशन गर्नुभएको थियो । उद्योग बाणिज्य संघ चितवनका पुर्ब अध्यक्ष उत्तमलाल चुकेले क्यामराको स्विच अन गर्नुभएको थियो भने लेखक पुष्प आचार्यले नरिवल फुटाएपछि चलचित्रकी नायीका मरिष्का पोख्रेल र नबनायक देब सागर बि.सीले शुभ मुर्हुतमा चलचित्रको संबाद प्रस्तुत गर्नुभएको थियो ।
 
शुभ मुर्हुतमा बोल्दै बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले  चितवन चलचित्र नगरी रहेको बताउनुभयो । यहा प्र्राकृतिक मनोमहक दृश्य पहाड , डाडा काडा र समथर भुभाग सबै रहेकोले चितवन खुल्ला स्टुडियो नै रहेको उल्लेख गर्नुभयो ।  प्रमुख अतिथि समेत रहनुभएका बरिष्ठ कलाकार श्रेष्ठले चलचित्र सफल होस भन्ने शुभकामना समेत व्यक्त गर्नुभएको छ । चलचित्रको मंगलबार (माघ २) गतेदेखी छायांकन सुरु गरिएको चलचित्र युनिटले जानकारी दिएको छ ।
 
 पुराना चलचित्र निर्माता प्रसाद श्रेष्ठको प्रस्तुतीमा चलचित्र बन्दैछ । शुभमुर्हुत कार्यक्रममा बोल्दै उहाले अनुभवी र खारिएका प्राबिधिक समुह देखी अन्य सबै पक्ष सबल रहेको चलचित्र उत्कृष्ट बन्ने बताउनुभयो । उहाले यसअघि कान्छी, सन्तान, कर्जा जस्ता सफल चलचित्र निर्माण गरिसक्नुभएको छ ।  
 
यो चलचित्र चितवन र धम्पुसका विभिन्न स्थानमा छायांकन गरिने छ । पुष्प आचार्यको कथा रहको चलचित्रमा प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घलानको संगीत समावेश छ । चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ (हैट), रबि गिरी, बिरेन श्रेष्ठ,  प्रिया रिजाल, जयनन्द लामा, कविता आले, मिन घलान लगायतको अभिनय रहनेछ । देब सागर बि.सी यो चलचिबाट रजतपटमा प्रवेश गर्दैछन् । 
 
मानविय संवेदनामाथि निर्माण हुन लागेको चलचित्र पूर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण हुनेछ । मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई चलचित्रमा देखाइनेछ । दिर्घ गुरुङको छायांकन रहने चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर विष्ट र सुमित लामाको नृत्य रहेनछ । चलचित्रमा द्धन्द्ध निर्देशन रबि बराली र प्रकाश कर्मचार्यको रहने छ । विशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीे चलचित्रको निर्माताहरु हुनुहुन्छ ।
 
 चलचित्रमा लगानी  १ करोड माथीको हुने जनाईएको छ । मुभिङ पिक्चर्स प्रा लि प्रबन्ध निर्देशक सुशिल गोपाल न्यात्स्यो, उद्योग बाणिज्य संघ चितवनका पुर्ब अध्यक्ष उत्तमलाल चुके लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया