अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 20:47

‘काग दाजै-काग दाजै’मा बलेको रोमान्स स्नेहासंग भिडियो

बिआरटीनेपाल २०७४ पुष २१ गते ५:२४ मा प्रकाशित

हाँस्यटेलिश्रृंखला भद्रगोलबाट  बलेको नामले चर्चा कमाइरहेका हाँस्यकलाकार सागर लम्साल पछिल्लो समय म्युजिक भिडियोहरुमा पनि निकै देखिन थालेका छन्। उनकै अभिनय रहेको नयाँ गीतको भिडियो हालै सार्वजनिक भएको छ। धुव्र विश्को र सरु गौतमको आवाजमा रहेको काग दाजै बोलको डान्सिंग गितमा बले र मोडल स्नेहा देखिएका छन्। गीतमा भिम विसीको शव्द तथा संगीत रहेको छ।

चर्चित लोकगायिका मन्जु पौडेलको छोरी स्नेहा यतिवेला म्युजिक भिडियो तथा वेवसिरीज हाम्रोहाई स्कुल  बाट चर्चामा छिन्। उनै स्नेहा संग बलेले गीतमा रोमान्स गरेका छन्।कुमार कट्वालको निर्माण रहेको यस गितको भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन्।

प्रतिक्रिया