अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

बाल्टिमोरमा गायक शिव परियारले दर्शकलाई नचाए

बिआरटीनेपाल २०७४ कार्तिक १५ गते २३:०५ मा प्रकाशित

नेपालका प्रसिद्ध गायक शिव परियारले अमेरिकाको बाल्टिमोर क्षेत्रमा भएको एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् l उनले अमेरिकाको बाल्टिमोरमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उद्देश्यले स्थापित नेपा: पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ वार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरञ्जन दिँदै नचाए l

उनले जुन जुन गीत गाए हरेकमा गीतको बारेमा संक्षेपमा जानकारी गराएका थिए l साथै गीतले के भन्न खोजेको र परिस्थितिको बारेमा अर्थ लगाई गीत गाउदा दर्शकले अझ रमाइलो गरेका थिए l अन्य स्थानीय कलाकारहरूको गीत र नृत्य प्रस्तुति रहेता पनि उनको मुख्य प्रस्तुति हेर्न दर्शक तथा प्रशंसक आएका थिए l

परियारले “पिउदिन भन्दा भन्दै पिलायो साथीले, बेहोशी पछि त होसमा आउँदा क्या दामी भो, अल्लारे मै हो, कहाँ थियौ तिमी रङ्ग मन्च उठे पछि आयौ, रित्तो रित्तो छु भन्ने गीत गाएका थिए l उक्त कार्यक्रममा सबै उमेरका दर्शक र सहभागी भएका लाई नचाएका थिए l उनले निकै गीत गाउने सुरमा भएता पनि समय अभाव को कारण करिब ५ वटा गीत गाएका थिए l

गायक परियारले यस पटक अमेरिकामा यस्तै रह्यो भन्दै अर्को वर्ष अमेरका आउँदा एक सागीतिक मण्डली लिएर आउने ईक्षा व्यक्त गरे l तस्बिर :विक्रान्त मान श्रेष्ठ

प्रतिक्रिया