अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 11:01

नेपाल आइडलबाट सागर आले बाहिरिए

बिआरटीनेपाल २०७४ भदौ २३ गते १७:२८ मा प्रकाशित

नेपाल आइडलको टप ४ बाट सागर आले आज बाहिरिएका छन् । एपीवान टेलिभिजनको प्रस्तुति रियालिटी सो नेपाल आइडलको शुक्रवार भएको सो मा सागर बाहिरिएका हुन् । भरतपुर महानगरपालिका स्थित पटिहानी घर भएका सागर, नेपाल आईडलमा भर्सटाईल गायकको रूपमा चिनिएका छन् । चितवनबाट अडिसन दिएका आले टप ४ सम्म पुग्न सफल भएका थिए ।

नेपाल आइडलको ग्राण्ड फिनाली आगामी सेप्टेम्बर २२ तारिखमा कतारमा हुनेछ । टप ३ मा बुद्ध लामा, प्रताप दास र निशान भट्टराई छन् ।  अनलाइन र एसएमएसबाट प्राप्त भोटमध्ये बुद्ध लामाले सार्वाधिक ११,४५,५३८ मत, प्रताप दासले ८,९३,३४७ मत, निशान भटराईले ८,७१,४८० मत र सागर आलेले ८,०९ ,९१५ भोट पाएका थिए ।

विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन् भने दोस्रो हुनेले १५ लाख रुपैयाँ,  तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया