अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

पहिलो चोटी संगीतकारका बनेका नायक निखिल उप्रेतीका प्रशंसक थपिए ( ‘I am a च्याङबा’को भिडियो)

बिआरटीनेपाल २०७४ साउन १३ गते ४:२४ मा प्रकाशित

नायक निखिल उप्रेतीले संगीत गरेको आई एम अ च्याङ्गबा गीत यतिबेला चर्चामा रहेको छ । २ लाख ३५ हजारको हाराहारीमा युटुवमा हेरिएको यो गीतमा आजबाट प्रदर्शनमा आएको चलचित्र रुद्रका लागि नायक निखिल उप्रेतीले संगीत दिएका हुन् ।

पहिलो चोटी संगीतकारको रुपमा देखीएका नायक उप्रेतीले संगीत भरेको यो गीतलाई जगदिश्वर थापाले लेखेका हुन् भने गीतमा शशी विक्रम थापा,संगीता तिमल्सीना र सोना अमात्यको आवाज रहेको छ ।

नायक निखिल उप्रेती र विश्व शर्माको संयुक्त निर्माण रहेको चलचित्र रुद्रलाई रामजी लामीछानेले निर्देशन गरेका हुन् । जसमा निखिल उप्रेती,विश्व शर्मा,रारा र ज्याक श्रेष्ठ मुख्य भुमीकामा देखिएका छन् ।

 

प्रतिक्रिया