अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५
| Colorodo: 11:40
नेकपा एकीकृत समाजवादीले महाधिवेशन सार्ने निर्णय गरेको छ। पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन सार्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो।
उहाँका असार १६ देखि २० गते काठमाडौंमा १० औं महाधिवेशन हुनेछ। खतिवडाले भन्नुभयो, ‘धेरै आन्तरिक तयारीहरूका कारणले संगठनको तलबाट माग भएबमोजिम केन्द्रले विश्लेषण गर्दा त्यसलाई उपयुक्त ठहराएर महाधिवेशन सारेका हौँ।’