अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

कांग्रेसको नाराबाजी र होहल्लाकै बीच संसदबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

बिआरटीनेपाल २०८१ जेठ ८ गते ४:५४ मा प्रकाशित

नेपाली कांग्रेसको नाराबाजी र अवरोधकै बीच आज पनि प्रतिनिधि सभाको बैठक बसेको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसका सांसदहरूले आज पनि नाराबाजी र होहल्ला गरेका थिए ।कांग्रेसको अवरोधकै बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले वाचन गर्नुभएको नीति तथा कार्यक्रम संसदमा टेबल गर्नुभयो । त्यसपछि सभामुखले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश गरेपछि बहुमतको आधारमा धन्यवादको प्रस्ताव पारित भएको छ ।

आजको बैठकको शुरुमै आफ्ना भनाइ राख्दै नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले लाखौँ सहकारी पीडितलाई न्याय दिने कर्तव्यबाट आफूहरू नभाग्ने बताउनुभयो । उहाँले बचतकर्ताको रकम फिर्ता नभएसम्म आन्दोलन नरोकिने पनि बताउनुभयो । विभिन्न सहकारीबाट गृहमन्त्री लामिछानेले रकम लिएको पुष्टि भएको जिकिर गर्दै पाण्डेले संसदीय छानबिन समितिको मागबाट कुनै पनि हालतमा पछि नहट्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू