अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी

बिआरटीनेपाल २०८१ जेठ ८ गते ५:२५ मा प्रकाशित

कांग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथि अहिले सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा उनीविरुद्धको मुद्दामा सुनुवाइ जारी रहेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको २० वर्षपछि सर्वोच्चमा जोशीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको हो ।

अख्तियारले २०६० सालको पुस १८ गते पूर्वमन्त्री जोशीविरुद्ध ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतबाट यो मुद्दा २०७० सालको साउन १५ गते सर्वोच्च अदालतमा दर्ता भएको थियो । दर्ता भएको ११ वर्षपछि बल्ल सर्वोच्चमा अन्तिम सुनुवाइ सुरु भएको हो ।

पूर्वमन्त्री जोशीको गैरकानूनी सम्पत्ति लुकाएको आरोपमा अख्तियारले पत्नी सविता पन्त, उनकी दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू