अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिराेहियाविरुद्ध पक्राउ पुर्जी जारी

बिआरटीनेपाल २०८१ जेठ ८ गते ४:४६ मा प्रकाशित

दोहाेरो नागरिकता लिएको आरोपमा कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले सिरोहियालाई पक्राउ पुर्जी जारी गर्न आदेश दिएको प्रहरीले जनाएको छ ।

सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष सिरोहियाले विज्ञप्ति निकालेर कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउनुभएको छ । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप विचलित नहुने उहाँले बताउनुभयो ।

सहकारीको रकम दुरुपयोगमा गृहमन्त्रीको संलग्नताबारे समाचार लेखेकै भरमा रिस साँध्न खोजिएको दाबी गर्दै सिरोहियाले आफू र आफ्नो संस्था निर्भिक भएर उभिने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू