अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

गिरीबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचार छानबिन गर्न माग गर्दै प्रदर्शन

बिआरटीनेपाल २०८१ जेठ ८ गते ५:११ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल र अनेरास्ववियू केन्द्रीय कमिटीले म‌ंगलबार राजधानी काठमाडौँमा प्रदर्शन गरेको छ । प्यालेस्टाइनमा जारी इजरायली नरसंहारविरुद्ध ऐक्यबद्धता तथा गिरीबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचारमा छानबिनको माग गर्दै प्रदर्शन गरेको हो।

उनीहरूले माइतीघर मण्डलामा इजरायल र प्यालेस्टाइन युद्धको साङ्केतिक नाटकसमेत देखाएका थिए । २०४७ साल पछि उच्च पदस्थहरूको सम्पत्तिबारे छानबिन गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू