अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

कान्तिपुरका पब्लिकेशनका अध्यक्ष सिराेहिया थापाथलीबाट पक्राउ

बिआरटीनेपाल २०८१ जेठ ८ गते ७:१९ मा प्रकाशित

कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिराेहियालाई प्रहरीले पक्राउ गरेकाे छ । सिराेहियालाई काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज थापाथलीमा रहेकाे कान्तिपुर कार्यालयबाट पक्राउ गरेको हो । सिराेहियालाई पक्राउ गर्न कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईसहितकाे टाेली पुगेकाे थियाे ।

दोहाेरो नागरिकता लिएको आरोपमा कान्तिपुर पब्लिकेशनका अध्यक्ष सिरोहियाविरुद्ध आजै जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेकाे थियाे । सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो ।

पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष सिरोहियाले विज्ञप्ति निकालेर कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउनुभएको छ । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप विचलित नहुने उहाँले बताउनुभयो ।

सहकारीको रकम दुरुपयोगमा गृहमन्त्रीको संलग्नताबारे समाचार लेखेकै भरमा रिस साँध्न खोजिएको दाबी गर्दै सिरोहियाले आफू र आफ्नो संस्था निर्भिक भएर उभिने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू