अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

सिरोहिया पक्राउ प्रतिशोधपूर्णः नेपाल पत्रकार महासंघ

बिआरटीनेपाल २०८१ जेठ ८ गते ८:५२ मा प्रकाशित

नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको ठहर गरेको छ। गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणबारे निरन्तर समाचार पक्राशित गरेकै कारण सिरोहियालाई पक्राउ गरिएको महासंघको ठहर छ।

‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ,’ महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले स्वीकार नगर्ने विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू