अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

गायक राम प्रसाद खनालको २२ मिनेट लामो मौलिक तिज गीतमा चर्चित कलाकारहरुको अभिनय(भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार २६ गते २२:३० मा प्रकाशित

नेपाली लोकगीतको क्षेत्रमा चर्चित नाम गायक राम प्रसाद खनालको तिज गीत बजारमा आएको छ । नेपाली पुरानो मौलिक तिज गीतकलाई आकर्षक ढंगले प्रस्तुत गरिएको ‘मेरा बुढा झर्के’ बोलको यो गीत गायक राम प्रसाद खनालकै शब्द संगीतमा बजारमा आएको हो ।

गायक खनाल र गायिका मन्जु पौडेलको आवाजमा रहेको यो गीतमाथी म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा लोकप्रीय कलाकारहरु किरण केसी रातामकै, शिबहरी पौडेल, मुखाँ हान्नु जस्तो, दिपा श्री निरौला, मनोज आचार्य, मन्जु पौडेल, नविन पौडेल, ऋतु कणेल, अनुसा पौडेल, सुस्मा खनाल, शंकर बिसी र रामप्रसाद खनालको अभिनय रहेको छ ।

मोडल संकर बिसीको निर्देशनमा तयार भएको भिडियोलाई राजेस घिमिरेले खिचेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

तिज गीत ‘मेरा बुढा झर्के’बारे बोल्दै गायक खनालले भनेका छन्- यो एउटा मौलिक तीज गीत । म बच्चा हुँदा आमा हजुर आमा हरुले गाउने पुरानो भाखामा यस पटक श्रीमान श्रीमतीको ट्र्याकमा तीजको दोहोरी गीत बनाएको छु । जुन भाका मैले आज भन्दा २० बर्ष अगाडि नेपाल टेलिभिजन र रेडियो नेपालमा समेत गाइसकेको थिएँ । मौलिक तीज गीत बनोस, लोक सँस्कृती बँचोस् भन्ने अभिप्रायले यो मौलिक भाका मैले २० बर्ष पछी पुन प्रयोग गरी नयाँ ढंगबाट तीजको दोहोरी को रुपमा प्रस्तुत गरेको छु ।
गीत मा अभिनय गरेर मेरो प्यारो अग्रज किरण केसी दाई, मेरा अत्यन्त आत्मिय, अभिन्न मित्र, अग्रज हाँस्य कलाकार शिवहरी पौडेल र मनोज आचार्य, यसै गरी अनुशा पौडेल, रितु कंडेल बहिनिहरु र गुल्मेली चेली लगयतका दाजुभाइ दिदी बहिनिहरु ले कहिलै नबिर्सिने गुन लगाउनुभएको छ । म्युजिक भिडीयो निर्देशन देखी नाच सम्म प्रस्तुत गर्ने मेरो प्यारो भाई शंकर बिसी र मेरी छोरी सुस्मा खनाललाई बिशेष धन्यवाद ।

 

 

 

प्रतिक्रिया