अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

भुटानीको कथामा आधारित नेपाली चलचित्र “हामी शरणार्थी”- भदौको पहिलो हप्तादेखि

बिआरटीनेपाल २०७४ असार २३ गते ६:२७ मा प्रकाशित

काठमाडौँ । भुटानबाट देखिएन नेपाली भाषीको कथावस्तुमा निर्माण गरिएको चलचित्र “हामी शरणार्थी” भदौको पहिलो हप्तादेखि सार्वजनिक प्रदर्शनीमा लगिने भएको छ । फिल्मका निर्देशक विजय लिम्बु केरुङका अनुसार चलचित्रमा नेपालमा शरणार्थीका रूपमा बसोबास गर्दैआएका भुटानीले पाएको दुःख र कष्टलाई पर्दामा प्रस्तुत गरिएको छ ।

केरुङ फिल्म्स्को ब्यानरमा निर्माण गरिएको फिल्म तीज पर्वलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा सिल्पा पोखरेल, जीवन भट्टराई, प्रतिमा रसाइली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङ्हाङ लगायतको अभिनय रहेको छ ।

अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश सिवाकोटीले संयुक्त रूपमा निर्माण गरेको फिल्ममा कृष्णप्रसाद पोखरेल कार्यकारी निर्माता हुनुहुन्छ । फिल्ममा हिमाल केसीको द्वन्द्व, उत्तमजङ लिम्बुको सङ्गीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा र संवाद तथा सौरभ लामाको छायाङ्कन रहेको छ ।

प्रतिक्रिया