अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

ए.एन.ए. सम्मेलन भव्य रूपमा सम्पन्न

बिआरटीनेपाल २०७४ असार २१ गते २०:२८ मा प्रकाशित

अभिभाबकीय भूमिका निर्वाह गर्दै संस्थागत जुट तर्फ पहलको गर्न नेतृत्व गर्ने धेरैको धारणा

असोसिएसन ओफ़ नेप्लिज इन अमेरिका (ए.एन.ए.) ले आफ्नो वार्षिक सम्मेलन मेरिल्याण्डको बाल्टिमोरमा भव्य रूपमा सम्पन्न गरेको छ । विगतका वर्षहरूमा तीन दिनको सम्मेलन गर्दै आएको ए.एन.ए.ले यस पटक पहिलो पटक एक दिवसीय कार्यक्रमको आयोजना गरेको हो ।

ए.एन.ए. का इन्टेरिम अध्यक्ष मेदिनी अधिकारीद्वारा जुन १ मा जारी गरिएको बक्तब्य मा ए.एन.ए. तथा अमेरिकाका उत्तरी तथा दक्षिणी अमेरिकी संस्थाहरू आन्मा तथा नासियासँग मिलेर जाने र संयुक्त सम्मेलन गर्ने कुरा आएको थियो । ए.एन.ए.ले गत जुलाई २ मा बाल्टिमोर को 920 North Charles Street, Baltimore, MD – 21201 मा एक दिवसीय कार्यक्रमको आयोजना गरेको हो र उक्त दिन नै सम्पूर्ण विजयी पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ समेत गराइएको थियो ।

मेदिनी अधिकारीको सभापतित्वमामा भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका बरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले गर्नु भएको थियो । प्रमुख अतिथि संस्थापक अध्यक्ष डा. हरि शर्माले कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा विशेष अतिथिमा डा. विष्णु पौडेल तथा महाबाणिज्यदूत प्रेमराजा महत हुनुहुन्थ्यो ।

कार्यक्रममा उपस्थित धेरैले ए.एन.ए.अमेरिकामै सबैभन्दा पुरानो नेपालीहरूको राष्ट्रिय संस्था भएको हुँदा अभिभाबकीय भूमिका निर्वाह गर्दै संस्थागत फुट हैन जुट तर्फ ए.एन.ए. ले पहल गर्न नेतृत्व गर्ने विषयमा आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा निर्वाचन समितिले सन् २०१७ देखि २०२० नयाँ कार्यसमितिको निर्वाचनको परिणाम अनुसार सबै विजयी पदाधिकारीहरुलाई प्रमाण पत्र तथा पद एवम् गोपनियताको सपथ गराएको थियो भने कार्यकारीणी समितिले सफलता पूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन कमिटीका चेयर डा. महेन्द्र कार्की, को-चेयर डा. कृष्ण निरौला तथा अफिसर विजयराज भट्टराईलाई सम्मान प्रदान गरेको थियो ।

प्रतिक्रिया