अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

गायिका मेचु धिमालको गागरीको पानी झैं जवानी छल्किए पछि (हेर्नुस् भिडियो)

बिआरटीनेपाल २०७४ असार १९ गते ११:२९ मा प्रकाशित

 

काठमाडौं—पछिल्लो चार वर्षदेखि सांगीतिक क्षेत्रमा  सक्रिय सुन्दर गायिका मेचु धिमाल आफ्नो नया गीत ‘गागरीको पानी…’ को म्युजिक भिडियो लिएर दर्शकमाझ आएकी छिन् । सुगम संगीतमा आधारित उक्त रोमान्टिक गीतको म्युजिक भिडियोमा गायिका धिमाल आफैंले आकर्षक अभिनय तथा नृत्य समेत गरेकी छिन् । अभिनेता नीराजन प्रधानले गायिका धिमाललाई अभिनयमा साथ दिएका छन् ।

विभोर पोखरेलद्वारा निर्देशित यो म्युजिक भिडियोलाई गायिका धिमालले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । सुमन गुरुङ यो गीतका गीतकार तथा संगीतकार हुन् । रिकेश गुरुङले यो गीतमा संगीत संयोजन गरेका छन् ।

‘गागरीको पानी…’ गीतको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका छन् । रोमान्टिक शैलीको गीत भएका कारण उक्त गीतको भिडियोलाई निर्देशक पोखरेलले रोमान्टिक शैलीमै तयार पारेका छन् । सुप्रीम पराजुली यो भिडियोका सम्पादक तथा कलरिष्ट हुन् ।

विगत चार वर्षदेखि डोरेमी संगीत स्कूलमा संगीतको प्रशिक्षण लिएकी गायिका धिमाल गायनमा सुरिलो सुनिएकी छिन् । संगीतकर्मी भानुभक्त ढकालकी यी चेलीले यसअघि गाएको ‘कदम कदम’ गीत लोकप्रिय भैसकेको छ ।

प्रतिक्रिया