अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

‘प्रसाद २’ को प्रदर्शन रोक्ने आदेश उच्च अदालतद्वारा खारेज

बिआरटीनेपाल २०७९ चैत २७ गते ७:४३ मा प्रकाशित

पाटन उच्च अदालतले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्ने अन्तरिम आदेश दिनु नपर्ने आदेश दिएको छ । उच्च अदालतको यस आदेशसँगै फिल्म प्रदर्शनको बाटो खुलेको छ ।आदेशमा ‘प्रसाद २’ फिल्म निर्माण गर्ने इजाजत सुवास थापाले प्राप्त नगरेर सुलभ प्रोडक्सन प्रालिले प्राप्त गरेकाले निवेदक केशव पाण्डे र सुलभ थापा प्रोडक्सन प्रालिबीच छुट्टै कानूनी उपचारमा जान सक्ने जनाइएको छ ।

‘निर्माण भइसकेको चलचित्र रोक्नु सुविधा सन्तुलनको दृष्टिले पनि उपयुक्त नदेखिएकाले निवेदन माग बमोजिम अन्तिरिम आदेश जारी गरिरहनुपर्ने देखिएन’, आदेशमा भनिएको छ ।‘प्रसाद–२’का निर्माता सुवास थापाविरुद्ध अर्का तिर्माता केशव पाण्डेले फिल्म प्रदर्शन रोक्न उच्च अदालतमा रिट दायर गरेका थिए । यसपछि फिल्मको प्रदर्शन रोक्नलाई अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

तर, दुवै पक्षलाई बोलाइएको आजको छलफलमा भने अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेश सुनाइएको हो । पाण्डेले आफ्नो ६२ लाख ५० हजार लगानी भएको र फिलमको ९० प्रतिशत स्वामित्व रहेकाले फिल्म प्रदर्शन रोकिपाऊँ भनी रिट निवेदन दिएका थिए । गत २४ गते प्रदर्शन हुनुपर्ने फिल्म अदालतको अन्तरिम आदेशपछि रोकिएको थियो ।

प्रतिक्रिया