अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०९ | Colorodo: 08:24

एकैदिन एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

बिआरटीनेपाल २०७९ चैत १७ गते ८:२५ मा प्रकाशित

साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ८ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रूपैयाँले बढेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार २५ रूपैयाँले बढेर १ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू