अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०२ | Colorodo: 18:17

मिस नेपाल २०१७ – निकिता चन्दक

बिआरटीनेपाल २०७४ जेठ १९ गते १८:४४ मा प्रकाशित

निकिता चन्दक १८ प्रतिस्पर्धीलाई उछिन्दै मिस नेपाल २०१७ भएकी छन् । हिजो शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा निकिता मिस नेपाल घोषित भइकी हुन । मिस नेपाल २०१५ अश्मी श्रेष्ठले उनलाई ताज पहिर्‍याइदिइन् ।
दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।

यसैगरी मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसन निति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि सहारा बस्नेतले जितेकी छन् ।

प्रतिक्रिया