अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

कात्तिक ११ देखि नेपाल युरोपियन युनियन चलचित्र महोत्सव सुरु हुने

बिआरटीनेपाल २०७९ असोज ३० गते ७:१८ मा प्रकाशित

नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औं संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुने भएको छ । नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै यो संस्करण काठमाडौंसँगै काठमाडौं बाहिर पनि आयोजना हुने जनाएको हो ।

महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रदर्शन हुने आयोजकले जनाएको छ । प्रत्यक्ष र अनलाइन गरी हाइब्रिड मोडलमा चल्ने महोत्सव भौतिक रुपमा चलचित्र विकास बोर्डमा हुनेछ भने अक्टोबर २८ देखि नोभेम्बर २८ सम्म अनलाइन चल्नेछ ।सुर्खेतमा हुने महोत्सव कार्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिने छ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शित गरिने छन् ।

महोत्सवमा भर्खरै प्रदर्शन भएर चौतर्फी प्रशंसा कमाएको ‘ऐना झ्यालको पुतली’ पनि प्रदर्शन हुनेछ । यो कार्यक्रम युरोपमा फिल्म निर्माणको अवस्था र युरोपेली र नेपाली चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरू बीच सहयोग र सहकार्य सम्बन्धी हुनेछ ।

सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कात्तिक २२ गते कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीहरुलाई लागि मास्टरक्लास दिनेछन् ।

प्रतिक्रिया