अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित, १३५ जनाले गरे पक्षमा मतदान

बिआरटीनेपाल २०७९ भदौ २ गते ८:२१ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।प्रतिनिधि सभामा आज (बिहीबार) भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाउनुभएकाे जस्ताकाे तस्तै पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेपछि पारित भएकाे हाे ।

त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयाे। सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कुनै पनि बहानामा रोक्दा जन्मसिद्ध नागरिकका सन्तान ७ लाख जनाले नेपाली नागरिकता पाउन नसकेकले अब ढिलो गर्न नसकिने बताउनुभएकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू