अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

सत्ता गठबन्धनद्वारा मंसिर ४ गते हुने निर्वाचनका लागि ११ सदस्यीय कार्यदल गठन

बिआरटीनेपाल २०७९ साउन २० गते ७:०७ मा प्रकाशित

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने चुनावको लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । आज (शुक्रवार) गठन गरिएको सिट बाँडफाँट कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट ३ जना र अन्य दलबाट २ र २ जना सदस्य राखिएका छन् ।कांग्रेसको तर्फबाट कार्यदलमा महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहनुभएकाे छ । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहनुभएकाे छ।

यसैगरी, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहनुभएकाे छ भने जसपाको तर्फबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहनुभएकाे गठबन्धन स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू