अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 11:39

अमेरिका र तालिवानबीच कतारमा वार्ता हुँदै

बिआरटीनेपाल २०७८ असोज २३ गते २३:२२ मा प्रकाशित

अफगानिस्तानमा तालिवानले सत्ता कब्जामा लिएपछि अमेरिका र तालिबानबीच पहिलो पटक वार्ता हुने भएको छ ।कतारको राजधानी दोहामा हुने वार्तामा तालिवानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधिबीच अफगानिस्तानमा वार्ता हुन लागको हो ।अफगातिस्तानमा रहेका चरमपन्थी समूह र देशबाट विदेशी नागरिक र अफगानिस्तानको निकासीलाई सहज बनाउने विषयमा अमेरिकी प्रतिनिधि र तालिवानी अधिकारीहरूबीच वार्ता हुन लागेको हो ।

अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्वपूर्ण मानिएको छ । गत अगस्टको अन्त्यमा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि त्यहाँ २० वर्षको सैन्य उपस्थिति समाप्त भएको र अफगानिस्तानको सत्तामा तालिवानको उदय भएपछि हुन लागेको यो बैठकलाई निकै चासोपूर्वक हेरिएको छ । वार्ताले तालिबानले सन् २०२० मा वाशिङ्टनसँग गरेको शान्ति सम्झौताको पुनरवलोकन गर्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू