अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि, १ हजार ३ सय ५१ जना संक्रमणमुक्त

बिआरटीनेपाल २०७८ असोज १ गते ७:२८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार तीन सय ८५ जनाको नमुना परीक्षण गरेकोमा १ हजार ५ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १२ दशमलव ५७ प्रतिशतमा पुष्टिदेखिएको हो । आज थपिएकासहित नेपालमा कोरोना संक्रमण हुनेको संख्या ८ लाख ७१ हजार ७ सय ३४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४६ हजार ५ सय ६६ पुगेको छ । यही अवधिमा थप १० जना संक्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १२ पुगेको छ । अहिले नेपालमा २५ हजार ४ सय ९७ जना सक्रिय संक्रमित रहेकोमा ३ सय ८६ जनाको आईसीयू र १ सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू