नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले अझै एकताबद्ध भएर अघि बढ्ने बताउनुभएको छ । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले परमादेशबाट नभई अब जनादेशबाट सरकार बनाएर देखाउने दाबी गर्नभयो ।
उहाँले कम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि नेताहरूको ईष्या, स्वार्थले लथालिंग बनाएको आरोप लगाउनुभएको छ । सम्बोधनका क्रममा ओलीले नेताहरुको इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड भैरहेको बताउनुभयो । देश, जनता र लाखौँ कार्यकर्ताको भविष्यमाथि माधव नेपालले खेलवाड गरेको ओलीको आरोप छ ।
ओलीले नेकपा र एमालेबाट फुटेर गएका कार्यकर्ताहरुलाई पुनः एमालेमा फर्कन आह्वान पनि गर्नुभएको छ । कम्युनिस्टको सरकार ढालेर कांग्रेसको नेतृत्वको सरकार बनाएकोप्रति उहाँले आक्रोश पोख्नुभयो ।