अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

गायक तथा संगीतकार टंक बुढाथोकीको ‘होलीमा होलीमा’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन २६ गते २३:१५ मा प्रकाशित

रंगहरुको पर्व होली नजिकिंदै गर्दा सांगितीक बजार पनि रंगीन हुने गर्छ । यो बर्ष पनि नेपाली संगीत बजारमा होली बिषेश केही गीतहरु आएका छन् । यसैबिच पछिल्लो समयका व्यस्त गायक तथा संगीतकार टंक बुढाथोकीको स्वर र संगीतमा होलीमा होलीमा बोलको गीत सार्वजनिक भएको छ । गीतकार उषा किरण अधिकारीको शब्द रहेको होलीमा होलीमा बोलको गीत म्युजिक भिडियो सहित भर्खरै बजारमा आएको हो ।

समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा कलाकार तथा निर्देशक शोभित बस्नेत नायक सबिन श्रेष्ठका साथमा अन्य कलाकारलाई देख्न सकिन्छ ।

विश्वनाथ राजबंशी, कोरियोग्राफी रहेको भिडियोलाई रामेश्वर कार्कीले खिचेका हुन् भने सम्पादन बिकाश धमलाको रहेको छ ।

होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । होलीको दिन मानिसहरू आपसी भाईचारा र सद्भाव स्वरुप एक अर्कालाई रंग लगाएर उल्लास खुसी साट्ने गर्दछन् । फगुवा पनि भनिने यो चाड धार्मिक आस्था संग जोडिएकाले होलीको दिनलाई खुसीको पर्व पनि मानिन्छ ।

प्रतिक्रिया