अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

नेपालमा थप ३ हजार ८ सय ९९ जनामा कोरोना पुष्टि, परीक्षणको २२ प्रतिशतभन्दा धेरैमा संक्रमण

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:१२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ५५ जनाको पीसीआर र ४ हजार ८ सय ६३ जनाको एन्टिजेन गरी १७ हजार ५ सय १८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको २२ दशमलव २५ प्रतिशत हो । योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ लाख ४२ हजार ८ सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७८ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ जना पुगेको छ ।

यही अवधिमा थप २० जनाको कोरोना संक्रमणका कारण कारण ज्यान गएको छ । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय ५८ जना पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा २८ हजार ८ सय ३६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू